कालीगण्डकी करिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु « Khabarhub

कालीगण्डकी करिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार अनुसार पहिरोमा पुरिएर ज्यान गुमाउनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेका छन् ।

मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भरिरहेको अवस्थामा आएको पहिरोमा परेका २ जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस