देवराज ईन्द्रले कसका लागि बनाएका थिए विश्वकै ठूलो मन्दिर ? « Khabarhub

देवराज ईन्द्रले कसका लागि बनाएका थिए विश्वकै ठूलो मन्दिर ?


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा त्यस्ता केहि मात्र मन्दिरुहरु छन्, जो एकदमै विशाल छन् ।

विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर कम्बोडियाको अंकोरमास्थित अंकोरवाट मन्दिरमा रहेको छ । जसको पूरानो नाम यशोधरापुर रहेको छ ।

मीकांक नदीको किनारमास्थित सिमरिप शहरमा रहेको यस मन्दिर टाइम म्यागेजिनले ५ आश्चर्य वस्तुमा सामेल गरेको थियो ।

यो मन्दिर सैकडौं वर्ग मीलमा फैलिएको छ । यो मन्दिरका पालनहार भगवान विष्णुलाई मानिन्छ । त्यहाँका केही शासकहरुले त्यहाँ ठूला शिवका मन्दिरहरु निर्माण गराएका थिए ।

इण्डोनेशियाबासीहरु त यस मन्दिरलाई पानीमा डुबेको मन्दिर भन्ने गर्दछन् । यो मीन्दरको तस्वीर कम्बोडियाको राष्ट्रिय ध्वजमा पनि अंकित छ । साथै यो मन्दिरलाई मेरु पर्वतको प्रतिक पनि मान्ने गरिन्छ ।

यो मन्दिरको ढोकाहरुमा रामायण एवं महाभारत जस्ता पवित्र धार्मिक ग्रन्थको प्रसंगहरु पनि चित्रण गरिएको छ । ठाउँ ठाउँमा अप्सराहरुको नृत्य मुद्रा, असुर तथा देवताको बीचमा भएको समुन्द्र मन्थनका दृश्यहरु चित्रित गरिएको छ ।

विश्वको लोकप्रिय पर्यटन स्थल भएकाले सन् १९९२ मा यूनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

अंकोरवाट मन्दिर कसले बनाएको थियो ?

यो मन्दिरको निर्माण राजा सूर्यवर्मन द्वितीयले सन् १११२ देखि सन् ११५३ को बीचमा बनाएका थिए ।

मन्दिर निर्माण सूर्य वर्मन द्वितीयले प्रारम्भ गरेका थिए । तर यसको समापन धरणीन्द्र वर्मनको शासन कालमा भएको थियो ।

यो मन्दिर किंवदन्तीका अनुसार स्वयं देवराज ईन्द्रले बनाएका थिए । उनले महलको रुपमा आफ्ना पुत्रका लागि यो मन्दिर एकै रातमा आफ्नो अलौकिक शक्तिले निर्माण गरेको बताइन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : २९ बजे

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ