टोटनहम युरोपा लिगको नकआउट चरणमा | Khabarhub Khabarhub

टोटनहम युरोपा लिगको नकआउट चरणमा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहिबार राति समूह जेको खेलमा टोटेनहम अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरीमा रोकिए पनि नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा अग्रता ४२औँ मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए ।

५६औँ मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २–१ ले अघि बढाएका थिए । खेल सकिन ६ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २–२ मा पुर्‍याए ।

डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जित नजिक पुर्‍याए । तर, ईन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसंग अंक खोस्न सफल रहे ।

अब समूह विजेताको टुंगो लगाउन टोटेनहम र एन्टवर्पबीच अर्को साता खेल हुनेछ । समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ०५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले