पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष | Khabarhub Khabarhub

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुने बताइन्छ ।

“हालको इर्मजेन्सी ब्लक ‘इर्मजेन्सी डेडिकेटेड’ छैन, ठाउँसमेत साँघुरो छ”, निर्देशक आचार्यले भने, “इर्मजेन्सी ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला, फार्मेसीसहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गछौँ । ”

अस्पतालले चार तलाको इर्मजेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौथो तलामा हेलिप्याडको अवधारणा छ । पहिलो चरणमा भने एक तला मात्र हुनेछ । अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

गण्डकी प्रदेशको ‘कोभिड डेडिकेटेड अस्पताल’समेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ श्ययाको आइसियू क्षमतालाई विस्तार गरी २५ श्यया बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन् । अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २०० जनाले आकस्मिक उपचार सेवा लिने गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ४४ बजे

श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवा डिजिटलाइजेसन हुनुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ

मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

मोरङ– सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु

दार्चुला– गत जेठ २५ गतेदेखि सङ्घीय सरकारको सर्शत बजेटमार्फत व्यास