नेपाली संगीतमा नारायण गोपालको योगदान अतुलनीय : राज्यमन्त्री मानन्धर « Khabarhub

नेपाली संगीतमा नारायण गोपालको योगदान अतुलनीय : राज्यमन्त्री मानन्धर


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपाली सांगीतिक क्षेत्रमा स्वर सम्राट नारायण गोपालको योगदान अतुलनीय रहेको बताएका छन् ।

नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहि रहने बताए ।

मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताए ।

सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताए ।

आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमममा नारायण गोपालको अन्तिम गीत ‘विरही माया’ का संगीतकार भूपेन्द्र रायमाझीले नेपालको आधुनिक गीतसंगीतमा नारायण गोपालको विकल्प कोही नभएको बताए ।

कार्यक्रममा मन्त्री मानन्धर, संगीतकार भुपेन्द्र रायमाझी लगायत कलाकारले स्वर्गीय नारायण गोपालका कालजयी गीत गाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको