दाँतको समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी १० उपाय « Khabarhub

दाँतको समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी १० उपाय


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मानिसको सौन्र्दयको एक हिस्सा दाँतलाई मानिन्छ । मिलेका र सेता दाँत भएमा यसले स्वतः मानिसको ब्यक्तित्वलाई सकारात्मक प्रभाव पार्छ । तर आजकल गलत खानपान र गलत ब्यवहारका कारणले कतिपय मानिसको दाँत पहेँलो हुने, कालो कस बस्ने, कुहिने र दाँतमा पीडा हुने गर्दछ ।

जसको समयमा उपचार गराउनु आवश्यक हुन्छ । तथापी मानिसहरु दाँतमा आएको पिडालाई खासै महत्व दिदैनन् र हेलचेक्र्याइँ बेवास्ता गर्दछन् । यस्तोमा दातँ बिग्रने, झर्ने वा कुहिने सम्म हुन्छ ।

किन आउँछ दाँतमा समस्या

१. सुर्तीजन्य पदार्थको सेवन
यदि कोहि ब्यक्ति लगातार सुर्तीजन्य पदार्थको सेवन गरीरहेको छ भने यसले गिजाँमा हानि पुर्याउनुका साथै दात कालो वा पहेलो हुने गर्दछ । त्यसैले चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थको प्रयोग त्याग्नु पर्छ ।

२. जंकफुड
बजारमा पाइने प्याकेट बन्द खानेकुरा वा कोल्ड ड्रिंकजस्ता पेयपदार्थले दाँतलाई हानी गर्दछ । यसले दाँतको इनामेलमा नोक्सान र्पुयाउँछ । धेरै गुलियो वा टासिने क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यस्तो चिज खाने बित्तिकै ब्रस गर्नुपर्छ ।

३. छिटो दाँत माझ्नु
प्राय मानिसहरु दाँतमा ब्रस गर्दा हतारहतार गर्ने गर्दछन् । तर हतारमा ब्रस गर्दा दाँतको इनामेल कमजोर हुनुका साथै दाँतको पुर्ण सफाई हुन पाउदैन । त्यसैले दिनको दुई पटक समय लगाएर ब्रस गर्ने बानि बसाउनुपर्छ ।

४. दाँत सफा गर्ने तरीका
दाँत बस्र गर्दा नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

५. एन्टिसेप्टिक माउथवास
ब्रस गरेपछि माउथवास गर्न जरुरी हुन्छ । दाँतको बीचमा अड्केको खाना निस्कन नपाउदाँ दाँत कुहिने, गिजाको संक्रमण हुने समस्या निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि वा मुखलाई किटाणु रहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ ।

६. नियमित परीक्षण
दाँतको सानो समस्या देखापरे तत्काल अन्यथा नियमित रुपमा दाँत परीक्षण गराउनुपर्छ ।

७. निको भएपछि वेवास्ता
दाँतमा दुखाई भए वा कुनै समस्या भए त्यसलाई निको भएपछि हामि वास्ता गर्दैनौ, यस्तोमा दाँतको समस्या बल्झने वा खतरनाक साबित हुनसक्छ ।

८. डाक्टर सल्लाह नलिनु
अधिकाशं नेपालीमा कुनै समस्या भमएमा डाक्टरको सल्लाह बिना आफै औषधि किनेर खाने बानि छ । तर जताभावि औषधि किनेर खाँदा यसले रीयाक्सन हुने वा दाँतबाट शुरु भएको समस्या मुख वा शरीरको अन्य भागसम्म फैलन पनि सक्छ ।

९. सही जानकारी नदिनु
आफै औषधि किनेर खाने बाहेक चिकित्सककोमा पुग्ने केहि ब्यक्तिहरु आफ्ना समस्यालाई लुकाउने गर्दछन् । अर्थात आफुलाई भएको समस्याको सबै जानकारी दिदैनन् । यसले रोग कस्तो हो र यसको कस्तो उपचार हुनुपर्छ भनेर चिकित्सकले थाहा पाउन मुस्किल पर्छ । जसका कारण रोगको राम्रो उपचार हुन सक्दैन ।

१०. हरियो सागसब्जी र फल नखानु
दाँतका लागी लाभदायक हरियो सागपात र फलफूलको कम सेवन गर्नाले पनि दाँतको समस्या निम्तने गर्दछ । यी पदार्थमा भिटामिन सि र भिटामिन डी पाइन्छ जो दाँतका लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ५९ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक