७० वर्ष उमेर पुगेका किसानलाई नगरपालिकाबाट पेन्सन | Khabarhub Khabarhub

७० वर्ष उमेर पुगेका किसानलाई नगरपालिकाबाट पेन्सन


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माडी– चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन (निबृत्तिभरण) दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्ष माथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् ।

सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्याेदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ ।

‘समाजवादको आधारशिला भनेको सामूहिक खेती हो,’ नगर प्रमुख ढकालले भने, ‘सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन ।’ माडीमा शुरु गरिएको सामूहिक खेती अन्यका लागि पनि उदाहरणीय रहेको ढकालको दावी छ ।

नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख ढकालले विशेषगरी सामूहिक उत्पादनलाई जोड दिइएको बताए ।

सूर्योदय सहकारीले सामूहिक खेती कृषक कल्याण कोषमा शुरुआतमा सस्थाले २ लाख तथा नगरपालिकाले १ लाख रुपैयाँ जम्मा गर्न लागेको छ । कोषको रकमबाट आएको ब्याजले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथि उमेरका अशक्त किसानलाई वार्षिक १ हजारका दरले रकम उपलब्ध गराउने सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले जानकारी दिए ।

संस्थाका प्रबन्धक गायकले रु २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले रु १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले रु १० हजार कोषमा जम्मा गर्नेसमेत घोषणा गरेका छन् । कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ । किसानले एक बाली खेती भित्र्याइसकेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : १६ बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु