१७ दिन अघि रोजगारीका लागि युएई गएका १० नेपाली श्रमिक अलपत्र « Khabarhub

१७ दिन अघि रोजगारीका लागि युएई गएका १० नेपाली श्रमिक अलपत्र


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि युएई गएका १० जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरु १७ दिनअघि मात्र युएई रिलाइबल र जीसीडी म्यानपावर कप्पनीमार्फत गएका थिए ।

उदयपुरका रामनरेश चौधरी, सुनसरीका लिब्छ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, उदयपुरका मोहन घिमिरे र कैलालीका अनिल साहगायत दुबईमा अलपत्र परेपछि नेपाली श्रमिककहाँ बसेका छन् ।

कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाउने गरेको तर खान र बस्न समेत नदिएपछि उनीहरु अन्य नेपाली कामदारको शरणमा बसिरहेका छन् । म्यानपावर कम्पनीसँग भएको सम्झौता अनुसार काम, पारिश्रमिक नदिएको , खान बस्नसमेत व्यस्था नदिएको उनीहरुको भनाइ छ ।

रिलाइबल र जीसीडी म्यानपावरले कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् र उनीहरुबाट म्यानपावर कम्पनीले एयरोलिंक कम्पनीको काम भन्दै एक लाख ३० हजार रुपैयाँ लिएको थियो । उनीहरुलाई सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

घर फर्कनका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दा समेत धम्क्याउने गरेको भन्दै पीडितले वैदेशिक रोजगार विभागको कल सेन्टरमा उजुरी गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : २० बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा