राष्ट्रिय सभा सदस्यमा नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता « Khabarhub

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा प्रवक्ता श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ नेकपाले गण्डकी प्रदेशबाट अन्यमा नेता श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

नेकपा नेता श्रेष्ठले गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेकपा नेतृ भगवती न्यौपानले गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उम्मेदावरी दर्ता गराएकी छन् ।

राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सकिएका १९ जना सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ४५ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक