संखुवासभामा लिफ्ट प्रविधिबाट खानेपानी « Khabarhub

संखुवासभामा लिफ्ट प्रविधिबाट खानेपानी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा ४ सय ७५ घरधुरी लाभन्वित हुने गरी लिफ्ट खानेपानी परियोजना शुरु भएको छ । युडब्ल्युएस नेपालको अग्रसरता र चैनपुर नगरपालिका एवंम् नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको अनुदानमा करिव ४ सय ७५ घरधुरी लाभान्वित हुने गरी योजना सुरु भएको छ ।

चैनपुर वडा नं. १० अन्र्तगत पर्ने कल्लेरी, सल्लेरी र खराङ बजार संग गरेको प्रतिबद्धता अनुरुप पिलुवा खोला खराङ लिप्ट खाने पानी आयोजना को सर्वे डिटेल ईन्जिनियरिङ डिजाईन तयार पारी आयोजनाको काम अगाडि बढाईएको हो।

यु. डब्ल्यु. एस. नेपालको ३५ लाख, चैनपुर नगरपालिका ले ५ वटा ट्याङ्की बराबरको अनुमानित लागत २० लाख, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको अनुदान १५ लाख गरी जम्मा कुल ७० लाख रुपैयाँको लागतमा ३ तहमा लिफ्ट गरी आयोजना सम्पन्न हुने छ।

जसमा २० हजार लिटरको ३ वटा ट्याङ्की भने नगरपालिकाले निर्माण गर्ने छ।

आफूले मेयरको निर्वाचन दौरानमा गरेको प्रतिवद्वता अनुसार चैनपुरको नरगपालिकाको विकास र सम्वृद्धिको यात्रा ५२ खुड्किलाको एतिहासिक गौडा गुफापोखरी नगरपालिका १ हुँदै अब वडा नम्बर ११ बाट पूर्व उत्तर केन्द्रित भएको मेयर भरत कुमार खत्रीले जानकारी दिए । यो खानेपानी आयोजना पनि आफ्नो यही अभियानको हिस्सा भएको र यस क्षेत्रको सिंचाई र खानेपानी समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

यस बहुआयामिक आयोजना निर्माण सम्पन्न पश्चात ४ सय ७५ घर धुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र बृहत परियोजनाले ईखुम्बा, झिली मिले, सल्लेरी र खराङ्गको जिबनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने कुरा चैनपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर कटुवालले जानकारी दिए।

उनले आफूले निर्वाचनको समयमा गरेको विकासको प्रतिवद्वता अनुरूप यो आयोजना सम्भव भएको कुरा समेत उल्लेख गरे । यस आयोजनालाई अझ विकास गरेर अगाडी लैजाने आफ्नो योजना रहेको र वडा नम्बर १० को विकासमा कुनै कसुर बाँकी नराख्ने योजना रहेको उनले बताए ।

खासगरी पानीको जोहो गर्न वालवालिका विद्यालय अनुपस्थित हुने हुनाले यस समस्याको दिगो समाधानको निमित्त यस खानेपानी आयोजना अगाडी बढाईएको जानकारी यु. डब्ल्यू. एस. का प्रमुख सूर्य कार्कीले दिए।

संस्थाका फाउन्डर समेत रहेका कार्कीले आयोजनालाई आवश्यकता अनुरूप अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने कुरामा ध्यान रहेको बताउदैँ आयोजनाको संचालन तथा व्यवस्थापनको जिम्मा भने चैनपुर नगरपालिका अन्तर्गत वडा नम्बर १० को मातहतमा रहने बताए ।

कार्की हाल सामाजिक विकास मन्त्रालयको प्रदेश १ को बिद्यालय शिक्षाको शैक्षिक सुधार समिति अन्तर्गत निर्देशन समितिको सदस्यमा रहि गुणस्तरीय शिक्षाका निमित्त शैक्षिक अभियान्ताको रुपमा काम गरि रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ५६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका