निराला न्यायपरिषद् सदस्यमा सर्वसम्मत अनुमोदन « Khabarhub

निराला न्यायपरिषद् सदस्यमा सर्वसम्मत अनुमोदन


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले लक्ष्मीबहादुर निरालालाई न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ ।

आइतवार बसेको समितिको बैठकले खड्कालाई न्याय परिषद्मा अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइका क्रममा निरालाले ५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको बताउँदै न्याय परिषद्‌मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताएका थिए ।

निराला पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानूनी सल्लाहाकार थिए ।

निरालाले आफू जहिले पनि विकृति र विसंगतिविरुद्ध लागेको व्यक्ति भएको सुनुवाइका क्रममा बताए ।

‘म विकृति र विसंगतीको जहिले पनि विरुद्धमा रहेको व्यक्ति हो। न्याय परिषद्‌को सदस्यको हिसाबले म केही गलत क्रियाकलाप गर्ने छैन र असर पर्न दिने छैन’ सुनुवाइका क्रममा उनले भने ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : १८ बजे

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार