निराला न्यायपरिषद् सदस्यमा सर्वसम्मत अनुमोदन « Khabarhub

निराला न्यायपरिषद् सदस्यमा सर्वसम्मत अनुमोदन


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले लक्ष्मीबहादुर निरालालाई न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ ।

आइतवार बसेको समितिको बैठकले खड्कालाई न्याय परिषद्मा अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइका क्रममा निरालाले ५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको बताउँदै न्याय परिषद्‌मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताएका थिए ।

निराला पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानूनी सल्लाहाकार थिए ।

निरालाले आफू जहिले पनि विकृति र विसंगतिविरुद्ध लागेको व्यक्ति भएको सुनुवाइका क्रममा बताए ।

‘म विकृति र विसंगतीको जहिले पनि विरुद्धमा रहेको व्यक्ति हो। न्याय परिषद्‌को सदस्यको हिसाबले म केही गलत क्रियाकलाप गर्ने छैन र असर पर्न दिने छैन’ सुनुवाइका क्रममा उनले भने ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : १८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा