राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धनले संयुक्त उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नेकपा प्रदेश अध्यक्ष प्रभु साहको नेतृत्वमा पुगेका नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्तिथिका बीच नेकपाका उम्मेदवार तुलसा दाहाल एवम राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराए भने राजपाको तर्फबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

चारवटै उम्मेदवारको समर्थक र प्रस्तावक फरक फरक पार्टीका रहेका छन् । नेकपाका दाहालको प्रस्तावकमा सत्रुधन महतो र समर्थकमा परमेश्‍वर साह रहेका छन् भने पासवानको प्रस्तावकमा सत्यनारायण मण्डल र समर्थकमा रामनरेश राय रहेका छन् ।

राजपाको तर्फबाट सिंहको प्रस्तावकमा रामचन्द्र मण्डल रहेका छन् भने समर्थकमा जितेन्द्र सोनल र यादवको प्रस्तावकमा नवल किशोर साह र समर्थकमा सुन्दरमनि विश्वकर्मा रहेका छन् ।

माघ ९ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाएर चुनावमा सहभागी हुने सहमति यसअघि नै गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ०३ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया