चालू आर्थिक वर्षमै सबैको हात-हातमा राष्ट्रिय परिचयपत्र « Khabarhub

चालू आर्थिक वर्षमै सबैको हात-हातमा राष्ट्रिय परिचयपत्र


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँको आयोजनामा ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी’ आज चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने बारेमा अन्तरक्रिया गरिएको हो । नागरिकता लिएका हरेक नागरिकको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा आगामी माघ दोस्रो सातादेखि टोली खटाउने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

उनका अनुसार चालु आर्थिक बर्षको साउनदेखि नै झापामा परिचय पत्रको विवरण दर्ता शुरु भए पनि हालसम्ममा ११ हजारले मात्र दर्ता गरेका र एक हजारले परिचय पत्र लिइसकेका छन् । यही आर्थिक वर्षमा जिल्लाबाट परिचयपत्र वितरण कार्य सक्ने गरी काम गर्नका लागि १५ स्थानीय तहका १६४ स्थानमा व्यवस्थापन कक्ष राखेर काम शुरु गरिने प्रजिअ मगरले बताए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँका निर्देशक चोमेन्द्र न्यौपानेले व्यक्तिगत दर्ता विवरण लिने बारेमा वडाध्यक्षलाई जानकारी गराएका थिए । उनले सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाले प्रयोग गर्ने रजिष्ट्रेसन फारम र फारम डिजिटाइज्ड गर्न यसले मद्दत पुुर्‍याउनुका साथै दोहोरो सेवा सुविधा लिने, झुठा विवरण पेश गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवं आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको बताए ।

उनले केन्द्रीय कार्यालयमा हाल दैनिक एक घण्टामा ५०० प्रति कार्ड छपाइ भइरहेको जानकारी दिँदै त्यसलाई तत्काल बढाएर दुई हजार पुर्‍याउने तयारी भइरहेको बताए । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले यो अभियानलाई सफल पार्नका लागि सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई दत्तचित्त भएर लाग्न अनुरोध गरेका थिए ।

उनले परिचयपत्रलाई केन्द्रीय पञ्जीकरण विभागमा छपाउने भन्दा पनि छिटोछरितो सेवा प्रवाहका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट नै छपाउने कार्यको थालनी गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ६ : ०८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका