सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही खडा गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही खडा गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही कायम गरी आर्थिक अनियमितता गर्ने ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धनुषाको तत्कालीन भरतपुर गाविसमा गुठीको स्वामित्वमा रहेको जग्गा सेनाका लागि अधिगृहण गरिएकोमा गुठी संस्थानको जनकपुर शाखा कार्यालय कर्मचारीको मिलेमतोमा नक्कली मोही कायम गरी ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाका नाममा वितरण गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा गुठी संस्थानको जनकपुर शाखाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे समेतको मिलेमतोमा भ्रष्टाचार भएको देखिएको हो ।

अख्तियारका अनुसार गुठी संस्थानको जनकपुर शाखा प्रमुख पाण्डेले १९ लाख ३० हजार रुपैयाँ घुस लिएर यागत्री देवी जयसवाललाई मोही कायम गरेर ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाको नाममा निकासा गरेका थिए ।

उक्त प्रकरणमा गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ तथा वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

यस्तै, यस्तै बिचौलियाको भूमिका निर्वाह गरेका सुमनकान्त ठाकुरले पटक पटक गरी नक्कली मोहीका नाममा ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिलाएका थिए ।

यस्तै नक्कली मोही खडा गरिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले २७ असार २०६९ मा गुठी संस्थानबाट मुआब्जा वापतको रकम भनेर १२ हजार ८१ लाख ६ सय ६७ रुपैयाँ लिएकोमा १२ लाख ५० आफूले लिइ ७ लाख ३५ हजार रुपैयाँ संस्थानका कर्मचारीलाइ घुस दिएका थिए ।

अख्तियारले नक्कली मोही बनाइएकी जयसवालविरुद्ध ५६ लाख १ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी ८ वर्ष कैद सजाय मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै, उनका छोरा शत्रुधनविरुद्ध ७ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको छ ।

अख्तियारले नक्कली मोही कायम गर्ने प्रकरणमा संलग्न ठाकुरविरुद्ध ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्त, गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यविरुद्ध ६ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी २ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ । गुठी संस्थान जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध ४ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ४१ बजे

गभर्नर पौडैले करोडौं मूल्यको शेयरका धनी, भैंसेपाटीमा घर, सुन र हिरा पनि लाखौँको

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण

सङ्घीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्न सरकार गम्भीर : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक

अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स