सभापति देउवाले पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको नेता सिटौलाको आरोप « Khabarhub

सभापति देउवाले पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको नेता सिटौलाको आरोप


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउँन खोजेको आरोप लगाएका छन्।

सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागी अवरोध सिर्जना भएको उनले बताए ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे , ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?

जीपी फाउण्डेशन प्रदेश–१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनि समेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिस्टहरुसँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस आन्तरिक झगडामा फसेको बताए।

डा कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक विचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए।

नेपाली कांग्रेसको इतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘ अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ति दुर्भाग्य हो ।’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोबिन्द ढुंगाना,धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले पार्टी आन्तिरिक किचलोमा फस्न नहुने तर्क गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ४१ बजे

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत