राष्ट्रियसभा निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी दर्ता « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।

उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।

बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनुहुनेछ ।

निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी परेको छ । प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाले उम्मेवारी दर्ता गराउनुभएको छ । प्रदेश नं ३ मा महिला र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक/एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : १३ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन