अमेरिका-इरान तनावबारे चीन र रुसबीच छलफल « Khabarhub

अमेरिका-इरान तनावबारे चीन र रुसबीच छलफल


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको छ ।

अमेरिकी सेनाको विशेष कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक चर्चा चलेको छ ।

उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको हो । उनीहरुबीच इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले आपसमा कुराकानी गरेको जनाइएको छ ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।

उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उनले अमेरिकाका विरुद्ध बदला लिने बताएका हुन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताएका छन् ।

उनले सो चेतावनी दिँदै भने,“इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ ।”

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ०० बजे

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी