अमेरिकामा राष्ट्रपति चुनावका उम्मेद्वार छनौट सुरु « Khabarhub

अमेरिकामा राष्ट्रपति चुनावका उम्मेद्वार छनौट सुरु


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको उम्मेद्वार चुनिने प्रक्रिया सुरु भएको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान भएको मदान प्रक्रियाको नतिजा समेत आउन थालेको छ ।

६० प्रतिशत भन्दा बढी मत गणना हुँदा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार बन्ने होडमा रहेका मध्ये सबैभन्दा कम उमेरका पिट् बुटजजले अग्रता बनाएका छन् ।

डेमोक्र्याटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेद्वार छनौटका लागि सोमबारदेखि क्रमिक रुपमा मतदान सुरु गरेका हुन् ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का भएकाले रिपब्लिकनहरुका लागि औपचारिकता मात्रै हुनेछ ।

अमेरिकामा सामान्यतयाः एउटा राष्ट्रपतिलाई दुई कार्यकालसम्म निरन्तरता दिने प्रचलन रहँदै आएको छ ।

डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी छन् ।

उम्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ ।

आयोवा ककसको ६२ प्रतिशत मतको नतिजा आउँदा इन्डियाना राज्यको साउथ बेण्डका पूर्व मेयर बुटजजले २६.९ प्रतिशत मत प्राप्त गरेका छन् ।

यस्तै बर्नी सान्डर्स २५.१ प्रतिशतसहित दोस्रो स्थानमा छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाउका बर्नी यसपटक बलियो देखिएका छन् ।

यस्तै सिनेटर एलिजाबेथ वारेन १८.३ प्रतिशत मतसहित तेस्रो स्थानमा छिन् । आयोवामा पूर्वउपराष्ट्रपति जो बाइडेन १५.६ प्रतिशत मतसहित चौथो स्थानमा छन ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३१ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत