लिग वानमा पीएसजीको जीत « Khabarhub

लिग वानमा पीएसजीको जीत


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा नान्टनलाई पराजित गर्दै स्पष्ट १५ अंकको अग्रता लिएको छ ।

लिग वान च्याम्पियन पीएसजीले नान्टलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो ।

मौरो ईकार्डी र थिलो केहरले पीएसजीका लागि एक एक गोल गरे । नान्टका मोसिस सिमोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएको खेलमा केहरले ५७ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए ।

तर नान्टका सिमोनले ६८ औं मिनेटमा एक गोल गर्दै खेलमा फर्किने प्रयास गरे । जीतसँगै पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ । नान्ट ३२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ४८ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु