ब्ल्याकबेरीका मोबाइल बन्द हुँदै « Khabarhub

ब्ल्याकबेरीका मोबाइल बन्द हुँदै


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी ट्विटमार्फत दिएको हो ।

ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।

टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो ।

टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन् ।

ब्ल्याकबेरीले ४ बर्षअघि आफैंले स्मार्टफोन बनाउन रोक्ने निर्णय गरेको थियो । केही बर्षयता टीसीएलले ब्ल्याकबेरीसहित अल्काटेल, पाम र आफ्नै टीसीएलले ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्दै आएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ०५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु