चर्चामा विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’, कसले मार्ला बाजी ? « Khabarhub

चर्चामा विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’, कसले मार्ला बाजी ?


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैंयता बक्स अफिसमा नेपाली फिल्मले आशा गरिएअनुरुपको व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय रिलिज भएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ पछि कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेका छैनन् ।

यतिबेला भने दुई फिल्मको चर्चा छ । दुवै फिल्मले सुनसान हलमा दर्शक तान्ने अनुमान पनि गरिएको छ । आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ दर्शकको रुचिका हिसाबले केही फरक भए पनि एकसाथ रिलिज हुने भएपछि व्यवसायिक रुपमा केही न केही घाटा त दुवै फिल्मलाई हुन्छ ।

यद्यपि दर्शकलाई दुईमध्ये कुन फिल्म बढी मन पर्ला? यो भने अहिलेका लागि धेरैको चासोको विषय हो ।

विराज भट्ट । तस्वीर – अर्घेलो थापा/खबरहब

विराज भट्ट निर्देशित ‘साङ्लो’ को राम्रै चर्चा छ । फिल्म युनिटले सार्वजनिक गरेका गीत, ट्रेलर र पोस्टरले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ । तर, यो फिल्मले दर्शक कति तान्न सक्नेछ, त्यो भने हेर्न बाँकी छ ।

विराज स्वयमले निर्देशन र निर्माण गरेको यो फिल्म धेरै दर्शकका लागि चासोको फिल्म बनिरहेको छ । मिडियामा विराजले पनि यो फिल्म स्तरीय बनेको भन्दै खुबै तारिफ गरिरहेका छन् ।

‘साङ्लो’को एक दृश्यमा विराज भट्ट ।

विराजको दाबी अनुसार दर्शकले लामो समयपछि एक स्तरीय फिल्म हेर्न पाउनेछन् ।

‘साङ्लो’ मा दर्शकले एक्सन, रोमान्स र विराज भट्टको सिक्स प्याक बडी देख्न पाउनेछन् । मसालेदार र ‘लार्जर देन लाइफ’ फिल्म मन पराउनेका लागि यो फिल्म खुराक बन्न सक्ने धेरैको अड्कल छ ।

फिल्ममा निकिता चाण्डकको पनि शीर्ष भूमिका छ । उनी सन् २०१७ मिस नेपाल विजेता हुन् । विराज र निकिताका कारणले फिल्मको चर्चा छ ।

शुक्रवारबाटै प्रदर्शन हुन लागेको फिल्म ‘सेल्फी किङ’ को पनि चर्चा छ । फिल्ममा विपिन कार्कीको शीर्ष भूमिका रहेको छ । यो फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । चंखे पात्रको भूमिका निभाएका विपिनका अलावा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय बराल, भुवन चन्द, कमल देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलिआएको धारभन्दा फरक खालका फिल्म रुचाउने दर्शकले यो फिल्म मन पराउने निर्माण टिमको लक्ष्य छ । फिल्मलाई वास्तविक बनाउने प्रयास गरिएको निर्माण टिम बताउँछ । विपिन यो फिल्मको कथाले आफूलाई निकै छोएको बताउँदै आएका छन् ।

फिल्मलाई विशाल सापकोटाले लेखेका हुन् । साथै फिल्मको निर्देशन पनि उनैले गरेका हुन् । अमेरिकामा फिल्म मेकिङ पढेर नेपाल फर्किएका विशाल यो फिल्म स्तरीय र इमोसनल बनेको तर्क गर्छन् ।

मल्टिप्लेक्स हलमा ‘सेल्फी किङ’ ले धेरै शो पाउने अवस्था छ भने सिङ्गल थिएटरमा विराज भट्टको फिल्म ‘साङ्लो’ ले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । भलै फिल्मले कस्तो व्यापार गर्नेछ, र कुन फिल्म व्यावसायिक हिसाबले अगाडि रहनेछ, त्यो हेर्न पनि धेरै दिन कुर्नुपर्ने छैन ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ११ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य