अछाममा वडाध्यक्ष मृत्यु प्रकरण: प्रहरीद्वारा ७ जना पक्राउ | Khabarhub Khabarhub

अछाममा वडाध्यक्ष मृत्यु प्रकरण: प्रहरीद्वारा ७ जना पक्राउ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विनायक– अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले वडाध्यक्ष धामीको मृत्यु प्रकरणमा संलग्नको आरोपमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु स्थानीय व्यक्ति भएको बताइए पनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका ७ जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको जानकारी दिए ।

मंगलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित थिए ।

स्थानीय बासिन्दा र धामीका आफन्तहरुले उनको हत्या भएको भन्दै छानबिनका लागि माग गरेपछि प्रहरीको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको छ । मंगलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

घटनास्थलमा काठमाडौंदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छजना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ ।

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेका बताइएको छ ।

विनायक बजार बन्द

घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन् । विनायक बजारका पसलहरु बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ । वडाध्यक्ष धामीको हत्या भएको २ दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : २२ बजे

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं– नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी