काभ्रेको पनौतीबाट पुन: कपनमै फर्किए रोहिंग्या शरणार्थी « Khabarhub

काभ्रेको पनौतीबाट पुन: कपनमै फर्किए रोहिंग्या शरणार्थी


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– कामको खोजीमा करीब साढे २ महिना अगाडि काभ्रेको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिंग्या शरणार्थी परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन् ।

स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको पनौती नगरपालिका–३ का वडाध्यक्ष ईश्वर थापाले बताए ।

एक हप्ताअगाडीदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु मंगलबार सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताए । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकिए पछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको वडाध्यक्ष थापाले बताए ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने स्थानमा गएको बताए । बाँकी रहेकामध्ये ७ जना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । अब त्यो ठाउँमा रोहिंग्या समुदायको कोही पनि व्यक्ति नरहेको उनले बताए ।

ती समुदायका १० परिवारको ३४ जनामा १ देखि ६२ बर्षसम्मका व्यक्ति रहेको र जसमा १३ साना बालबालिका र ८ महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसरी आएका रोहिंग्या कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएका थिए । ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवारको हेरचाह गर्ने गर्दै आएका थिए ।

शुरुमा १४० जनाको सङ्ख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए । रोहिंग्या समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय कपनमै फर्किएका हुन् ।

नयाँ मान्छेहरु आएपछि सशङ्कित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ४० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले