आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग पराजित « Khabarhub

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग पराजित



काठमाडौं – घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ ।

हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल पाहुना टोली ओमानसँग १८ रनले पराजित भएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरको जाडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले कमजोर अवस्थामा पुगेको नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपालका लागि शरदले सर्वाधिक ५५ रन बनाएका थिए । उनले १०७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका थिए । यस्तै, ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ तथा विनोद भण्डारीले २६ रन बनाएका थिए ।

नेपालका लागि ओपनिङ ब्याटर नचल्दा टोलीलाई शुरुवाती दबाब परेको थियो । ओपनिङमा नेपालका अनुभवी खेलाडी पारस खड्का ३ रन र कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।

यस्तै, अलराउण्डर करण केसी र मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल शुन्यमा आउट हुँदा नेपाल कमजोर बनेको थियो ।
नेपालविरुद्ध ओमानका जिसन मक्सुदले ३ विकेट लिए भने कलिमुल्लाहले २ तथा मोहम्मद नामेद, अक्विब अयास, खबार अलि र विलाल खानले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

ओमानका लागि मोहमद नामेदले सर्बाधिक नटआउट रहँदै ६९ रन बनाएका थिए भने ओमानका लागि सन्दिप गौड ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा आकिब इलियासले १६ रन बनाएका थिए ।

ओमानविरुद्ध नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सुशन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
अब नेपालले शृङ्खलाको दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : ३५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको