बालुवाटारको ‘सारङ्गी साँझ’ बारे प्रचण्डको जवाफ– कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ « Khabarhub

बालुवाटारको ‘सारङ्गी साँझ’ बारे प्रचण्डको जवाफ– कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित’‘सारङ्गी साँझ’ मा आफू उपस्थित नहुनु संयोग बाहेक केही नभएको बताएका छन् ।

प्रेस संगठन नेपालले कास्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ‘सारङ्गी साँझ’ मा सहभागी नभएको अर्थ खोज्न थाले दुःख हुने बताए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपालसहितको सांगितिक माहोलको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको सन्दर्भमा एक पत्रकारले कार्यक्रममा सहभागी नहुनु संयोग कि नियोजित भन्दै प्रश्न गरेका थिए ।

‘संयोग भन्दा पनि हिजो म विहान बालुवाटारमा थिएँ । प्रधानमन्त्री ज्यूले भरे यहाँ एउटा कार्यक्रम छ आउनै पर्‍यो भन्नु भयो’ प्रचण्डले भने,‘ मैले त पोखरा जाने कार्यक्रम बनाइसके अलि पहिलाकै कार्यक्रम हो म त बस्न नसक्ने भएँ भने ।’

त्यतिबेला प्रधानमन्त्रीले आफूलाई कार्यक्रमबारे विशेष सोच रहेको बताएको प्रचण्डले उल्लेख गरे ।

‘तपाईं आउँनै पर्थ्यो मैले अलि विशेष ढंगले सोचेको थिए भन्नु भएको थियो’प्रचण्डले भने,‘यो संयोगबाहेक केही होइन । कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ ।’

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : ४५ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई