बाजुरामा भाइरल ज्वरोको प्रकोप, २ जनाको मृत्यु | Khabarhub Khabarhub

बाजुरामा भाइरल ज्वरोको प्रकोप, २ जनाको मृत्यु


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।

घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिए ।

ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए । उनका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ । स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिए ।

हिमाली गाउँपालिका–६ घुलाचौरमा पनि भाइरल ज्वरोको प्रकोप  फैलिएका छ। जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ५० बजे

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको

असई हुँ भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– ब्यूरोबाट खटी आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५

नेपालको माध्यमिक शिक्षा : फिनल्याण्डबाट सिकौं

काठमाडौं– अहिले नेपालमा शिक्षा ऐनबारे बहस चलिरहेको छ । सरकारले

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी मियाँलाई

सुर्खेत– कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई दिइएको छ ।

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

चितवन– जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ