कर्णाली करिडोर सम्पन्न गर्न संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

कर्णाली करिडोर सम्पन्न गर्न संसदीय समितिको निर्देशन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कर्णाली करिडोर छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा याताात र रक्षा मन्त्रालय तथा नेपाली सेनासँग करिडोरको प्रगतिका सम्बन्धमा जानकारी लिएपछि समितिले सरकारलाई सो निर्देशन दिएको हो ।

समितिको बुधबार बसेको बैठकमा समितिका सदस्यले करिडोर छिटो सम्पन्न गरेर हुम्लाको सदरमुकाम सिमिकोटलाई सडकसँग सञ्जालसित जोड्न निर्देशन दिएका हुन् ।

समितिका सभापति कल्याणीकुमारी खड्काले पुस्तौँ पुस्ताका लागि हुने सम्झिएर सडक निर्माण गर्नुपर्ने बताइन् । सडक विभागले सडक निर्माण शुरु गर्नु पहिले पर्याप्त अध्ययन नगरेको उनले जनाइन् । उनले भनिन्, “विगतमा हिड्ने गरिएको पैदल बाटोलाई नै करिडोर भनियो । ”

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्डुलले सेनाले विगतदेखि नै विभिन्न स्थानमा सडक निर्माणमा सडक विभागलाई सहयोग गर्दै आएको बताए । करिडोर निर्माणका क्रममा सडक सञ्जालले नजोडिदा निर्माणका लागि आवश्यक सामग्री सामग्री पु¥याउन कठिन भएको र चीन हुँदै ल्याउनु परिरहेको उनले जानकारी दिए ।
उनले भने, “तर चीनको बाटो हुँदै ल्याउन पनि ढुवानीको अनुमतिका लागि कठिनाइ रहेको छ ।”

सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले आगामी असारसम्म करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको र ढिलामा दशैँसम्ममा सम्पन्न भइसक्ने जानकारी दिए ।

उनले भने, “सिमिकोटसम्म चाँडो सडक पु¥याउने हाम्रो पनि लक्ष्य हो ।”

समितिकी सदस्य रङ्ंगमती शाहीले अहिले कामको गति हेर्दा आगामी वर्षसम्म सम्पन्न हुनेमा आफू विश्वस्त नभएको बताइन । उनले भनिन, “त्यहाँ काम गरिरहेको निर्माण व्यवसायीले पनि समयमा सम्पन्न गर्न नसकिने भनिरहेका छन् ।”

समितिका अर्का सदस्य यज्ञराज सुनुवारले सेनाले उक्त करिडोर निर्माणमा गरिरहेको कामको प्रशंसा गरे । समितिका सदस्य राजेन्द्रकुमार राईले राजमार्गको निर्णय गरेर काम अघि नबढाउने समस्या धेरै ठाउँमा देखिएको बताए ।

समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवका आयोजनाका रुपमा राख्दा कति वर्षमा र कसरी सम्पन्न गर्ने भनी स्पष्ट हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ४५ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने