३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ « Khabarhub

३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय बाँकेका सर्वेक्षक यामबहादुर खत्रीलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

हाल साबिक भिडाउने काम बापत सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गरेको अवस्थमामा अख्तियारको टोलीले बुधबार पक्राउ गरेको हो ।

आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेका अनुसार सर्वेक्षक खत्रीसँगै लेखापढीको काम गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका–७ का प्रताप केसीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए ।

घुस रकमसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ४५ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित