नेकपाले अब जनताको मन छुने ढंगले काम गर्छः अध्यक्ष दाहाल « Khabarhub

नेकपाले अब जनताको मन छुने ढंगले काम गर्छः अध्यक्ष दाहाल


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताएका छन् ।

पार्टी निकट राष्ट्रिय युवा सङ्घ कास्कीको भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले बाँकी तीन वर्ष समेत पूरै काम गर्न पाउने अवस्था नरहेकाले पार्टी, जनसङ्गठन र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विकास निर्माणका कामलाई नयाँ ढङ्गले गति दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने,“सरकारको दुई वर्ष बित्यो, तीन वर्ष पूरा काम गर्न पाउने स्थिति छैन, अन्तिम वर्षमा फेरि चुनाव लाग्छ । दुई र बढीमा साढे दुई वर्षको अवधिमा अब एक दिन पनि गुमाउने स्थिति हामीलाई छैन।”

हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले तीन महिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाउने, लोकप्रिय नीति, कार्यक्रम र बजेट ल्याएर जनताको मन छुने ढङ्गले पार्टी अघि बढ्ने स्पष्ट पारे ।

बैठकले पार्टी एकीकरणमा ढिलाइ हुँदा उत्पन्न मनोविज्ञान, चिन्ता र अन्यौलको स्थितिलाई समाप्त पारेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने,“ढिलै भए पनि हामीले अन्यौलको स्थितिलाई सफलता र उत्साहका साथ चिरेका छौँ, राम्रो अन्तरघुलनसहित सबै निर्णयहरु एकमत र सर्वसम्मतले गरेका छौँ, अब अगाडि बढ्नलाई केही रोकावट छैन ।”

राष्ट्रियसभा निर्वाचनपछि सङ्घीय संसद्मा एक्लै दुई तिहाइ बहुमत पुगेको चर्चा गर्दै उहाँले जनताको राम्रोसँग सेवा गर्दै सङ्गठन विस्तार तथा सुदृढीकरणका माध्यमबाट अर्को पटकसमेत दुई तिहाई बहुमत आउने गरी काम गर्न युवालाई निर्देशन दिए । देशभित्र र बाहिरका शक्तिले पार्टीमा विवाद चर्किएर जाला र पार्टी एकतालाई सफल हुन नदिने कोशिस गरेकोमा केन्द्रीय बैठकले सबै प्रयासलाई सफलतापूर्वक चिरेर जनतामा जाने तयारी गरेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ५३ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको