जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा | Khabarhub Khabarhub

जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शव परीक्षणमा पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ ।

प्रहरीले शवको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ४५ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको