कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नाघेपछि इटालीका सबै बिद्यालय बन्द | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नाघेपछि इटालीका सबै बिद्यालय बन्द


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको प्रकोप चीनबाहिर सबैभन्दा बढि इटालीमा देखिएको छ ।

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेपछि सबै बिद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा थप २८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

संक्रमित हुने मानिसको संख्या ३ हजार ८९ छ । ५ सय ८७ जनामा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएसँगै संक्रमित हुनेको संख्या ३ हजार नाघेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिने प्रयासस्वरुप सबै विद्यालय बन्दको निर्णय गरिएको इटाली सरकारले जनाएको छ ।

यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन् । यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु छन् ।

रंगाशाला बन्द गरिदा दर्शकहरु नआउने र संक्रमण कम हुने ठानिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : १४ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक