भारतमा कोरोनाको संक्रमण बढ्दो दरमा, संक्रमितको संख्या २९ पुग्यो « Khabarhub

भारतमा कोरोनाको संक्रमण बढ्दो दरमा, संक्रमितको संख्या २९ पुग्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा समेत बढ्दो दरमा देखिएको छ ।

भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ ।

अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको पुष्टि छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् । यसअघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो ।

सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए ।

भारतमा कोरोनाको संक्रम फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारी गरेको जनाइएको छ ।

संक्रमित कहाँका, कस्तो छ हालत ?

जयपुरमा १७ जना – इटालीबाट फर्केका यिनीहरुमा संक्रमण भएको हो । यिनीहरु राजस्थानका ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए । उनीहरुलाई भारतीय ड्राइभरले घुमाएका थिए । यिनीहरुको आईटीबीपी क्याम्पमा उपचार भइरहेको छ ।

यीमध्ये एक जनाको जयपुरको अस्पतालमा आइसीयुमा राखिएकामा त्यहाँ भएका अन्य ६० बिरामीमा पनि सरेको आशंकामा निगरानीमा राखिएको छ ।

आगरामा ६ जना – इटालीबाट पर्केका संक्रमित व्यक्ति आफन्तसंग घुलमिल हुँदा ६ जनामा फैलियो ।

केरलमा ३ जना– जो विदेश यात्रा गरी फर्केका थिए । यिनीहरु पूरै निको भएको जनाइएको छ ।

दिल्लीमा १ जना – जो इटालीबाट फर्केका थिए । उपचार जारी छ ।

तेलंगानामा १ जना – इटालीबाट फर्केका उनको सम्पर्कमा आएका ८८ जना निगरानीमा छन् ।

अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : २९ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा