मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, अझै खाली पेट « Khabarhub

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, अझै खाली पेट


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जनाएका छन् ।

बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको भनिए पनि अहिलेसम्म ओलीलाई खाली पेट नै राखिएको छ ।

मिर्गौला प्रत्यारोपण भएको १२ घण्टा बढि हुँदा पनि प्रधानमन्त्री ओलीलाई कालो चिया समेत खान नदिइएको हो ।

टिचिङ अस्पतालमै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरु आउँने क्रम सुरु भएको छ ।

‘उपचारमा संलग्न चिकित्सकहरु आउनेक्रम सुरु भएको छ, प्रधानमन्त्रीलाई अहिलेसम्म केही खाने कुरा दिइएको छैन,’ थापाले भने ‘डाक्टरहरुले स्वास्थ्य अवस्था बुझेर आवश्कय निर्णय गर्नुहुनेछ ।’

अस्पतालमा अहिले  त्रिवि शिक्षण कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गा पुगिसेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक कति पटक सूचना जारी गर्ने भन्नेबारे पनि छलफल चलिरहेको थापाले जानकारी दिए । दैनिक एक पटक दिइने वा दुई पटक भन्नेमा छलफल चलिरहेको छ ।

दुइ पटक दिइने भएमा विहान ११ र साँझ ६ बजेको समयमा आवश्यक सूचना सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो हुँदै गएमा ५-६ दिनमा डिस्चार्ज गरिने चिकित्सकहरुले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण सकिएको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले बुधबार  आधा लिटर पिसाव गरेका थिए ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ८ : ४८ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब