मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, अझै खाली पेट « Khabarhub

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, अझै खाली पेट


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जनाएका छन् ।

बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको भनिए पनि अहिलेसम्म ओलीलाई खाली पेट नै राखिएको छ ।

मिर्गौला प्रत्यारोपण भएको १२ घण्टा बढि हुँदा पनि प्रधानमन्त्री ओलीलाई कालो चिया समेत खान नदिइएको हो ।

टिचिङ अस्पतालमै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरु आउँने क्रम सुरु भएको छ ।

‘उपचारमा संलग्न चिकित्सकहरु आउनेक्रम सुरु भएको छ, प्रधानमन्त्रीलाई अहिलेसम्म केही खाने कुरा दिइएको छैन,’ थापाले भने ‘डाक्टरहरुले स्वास्थ्य अवस्था बुझेर आवश्कय निर्णय गर्नुहुनेछ ।’

अस्पतालमा अहिले  त्रिवि शिक्षण कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गा पुगिसेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक कति पटक सूचना जारी गर्ने भन्नेबारे पनि छलफल चलिरहेको थापाले जानकारी दिए । दैनिक एक पटक दिइने वा दुई पटक भन्नेमा छलफल चलिरहेको छ ।

दुइ पटक दिइने भएमा विहान ११ र साँझ ६ बजेको समयमा आवश्यक सूचना सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो हुँदै गएमा ५-६ दिनमा डिस्चार्ज गरिने चिकित्सकहरुले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण सकिएको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले बुधबार  आधा लिटर पिसाव गरेका थिए ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ४८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी