फिफा विश्वकप एसिया छनौट : नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव « Khabarhub

फिफा विश्वकप एसिया छनौट : नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबल एसिया छनोट अन्तर्गत नेपालसँग हुने खेल सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ ।

विश्वभर कोरोनाको महामारी फैलिएपछि अष्ट्रेलियाले सोही कारण दर्शाउँदै नेपालबिरुद्धको पूर्वनिर्धारित खेल सार्न प्रस्ताव गरेको हो।

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लिगको खेल नेपालसंग खेल्दैछ ।

मार्च ३१ मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय भइसकेको छ । त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लिग खेल्दैछ ।

अष्ट्रेलियाको प्रस्ताव र कोरोना संक्रमण फैलन नदिइन संसारभर सतर्कता अपनाइरहँदा विश्वकप छनोटको पूर्व निर्धारित खेल सर्ने सम्भावना बढेर गएको छ । यद्यपी यसको आवश्यक निर्णय भने भइसकेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु