एमबाप्पको ह्याट्रिकमा पीएसजीको शानदार जीत « Khabarhub

एमबाप्पको ह्याट्रिकमा पीएसजीको शानदार जीत


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनबिरुद्ध शानदार जीत दर्ता गराएको छ ।

जीतसँगै पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

पीएसजीको जीतमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो सराबिया र नेयमारले एक/एक गोल गरे ।

लियोनका मार्टिन टेरीएरले एक गोल फर्काए । खेलको ६१ औं मिनेटमा फर्नान्डो मार्कलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ०५ बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने