धनगढी उप–महानगरपालिकाले पत्ता लगायो करोनाको ओषधि ! « Khabarhub

धनगढी उप–महानगरपालिकाले पत्ता लगायो करोनाको ओषधि !


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी उप–उपमहानगरपालिकाले कोरोना भाइरसबाट सुरक्षित रहन नगरबासीलाई आग्रह गरेको छ ।

फागुन २१ गते एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण छिटोभन्दा छिटो मानिसमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

तर, सामाजिक सञ्जालहरुमा भने धनगढी उपमहानगरपालिकाको उक्त विज्ञप्तिलाई लिएका टिक्काटिप्पणी भइरहेको छ ।

स्वासप्रश्वासबाट फैलने मात्र नभइ हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाइहरुसँग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा बस्न, मास्क लगाउन, साबुन पानीले कुहिनासम्म हात सफा गर्न आग्रह विज्ञप्तिमा गरिएको छ ।

त्यसै गरि केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्यको जोहो मिलाएर राख्न, सभा सम्मेलन भिडभाडमा सहभागी नहुन नगरबासीमा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा विशेष गरि कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न धनगढी उपमहानगरपालिकाले घरायसी औषधि सिफारिस गरेको भन्दै आलोचना भएको हो ।

कोरोना भाइरसको औषधि अहिलेसम्म विश्वमा पत्ता लाग्न नसकिरहेको र यसको संक्रमण विश्वका ७० भन्दा धेरै देशमा फैलिएको बेलामा उसले औषधि सिफारिस गरेको भन्दै सामाजिक सञ्जालमा बहस भएको छ ।

विज्ञप्तिमा लेखिएको छ ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ ।’

विज्ञप्तिमा नगरप्रमुख नृप बहादुर बडले हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धनगढी उप–महानगरपालिकाले कोरोनाको ओषधि पत्ता लगायो भन्दै टिप्पणी गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ११ : १३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग