नक्कली पासपोर्ट बोकेपछि चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ « Khabarhub

नक्कली पासपोर्ट बोकेपछि चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् ।

उनी नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । पाराग्वेको गृहमन्त्रालयका अनुसार भाइ रोबर्टोसहित उनलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।

रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको गोल डटकमले जनाएको छ ।

उनीहरु बसेको होटलमा बुधबार राति प्रहरीले छापा मारी पक्राउ गरेको हो । छापा मार्ने क्रममा रोनाल्डोनो र रोबर्टो दुवैबाट पाराग्वेको राहदानी बरामद गरेको मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो ।

सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ५५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको