कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी « Khabarhub

कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी



काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खबरहबलाई जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

तर, आहारारा गोल्डकप भने बिहीबार मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : १४ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको