फेसबुकका एक कर्मचारीलाई कोरोनाको संक्रमण, कार्यालय बन्द गरिने ! « Khabarhub

फेसबुकका एक कर्मचारीलाई कोरोनाको संक्रमण, कार्यालय बन्द गरिने !


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ ।

अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ।

हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये १० जना वासिंटन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंटन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ३ हजार २ सय ८५ पुगेको छ।

८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : २५ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ