फेसबुकका एक कर्मचारीलाई कोरोनाको संक्रमण, कार्यालय बन्द गरिने ! « Khabarhub

फेसबुकका एक कर्मचारीलाई कोरोनाको संक्रमण, कार्यालय बन्द गरिने !


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ ।

अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ।

हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये १० जना वासिंटन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंटन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ३ हजार २ सय ८५ पुगेको छ।

८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : २५ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र