कोरोना भाइरसले अझ धेरैको मृत्यु हुन्छ : ट्रम्प « Khabarhub

कोरोना भाइरसले अझ धेरैको मृत्यु हुन्छ : ट्रम्प


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट आगामी साताभित्र मृत्यु हुने मानिसको संख्या धेरै हुने बताएका छन् ।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङमा बोल्दै ट्रम्पले अमेरिकामा कोरोना भाइरसबिरुद्धको लडाईँमा सम्भवत यही हप्ता वा आगामी हप्ता सबैभन्दा गाह्रो हुने बताएका हुन् ।

आगामी सातासम्मको अवस्थालाई गम्भीर रुपमा चित्रत गरेका  ट्रम्पले केही महत्वपूर्ण काम गर्न सकिए मृत्युदर कम हुन सक्ने समेत अपेक्षा गरेका छन् ।

‘सायद यस साता र अर्को साताबीच सबैभन्दा कठिन समय हुनेछ । दुर्भाग्यवस धेरैको मृत्यु पनि हुनेछ,’ ट्रम्पले भने, ‘ सावधानी अपनाइए केही कम मृत्यु हुन सक्छ, तर मृत्यु निश्चित छ ।’

अमेरिकामा शनिबार अवेर रातिसम्म ८ हजार ४५२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरसले संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : ४२ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ