अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते | Khabarhub Khabarhub

अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा बाघको आक्रमणबाट  ७० वर्षीया वृद्धा घाइते भएकी छिन् ।

आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् ।

बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ ।

बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहोलपुर लगिएको  अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

घाइते भण्डारी पूर्व सांसद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ४५ बजे

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।