पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोना भाइरसले आमाको मृत्यु « Khabarhub

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोना भाइरसले आमाको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन- कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ ।

गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् ।

बच्चालाई जन्म दिएको केही घण्टाभित्रै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा उनको मृत्यु भएको जनाइएको छ ।

मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुष्टि भएको १९ दिनपछि उनीमा कोरोना भाइरसको गम्भीर लक्षण देखिएको थियो ।

उनले मार्च २९ मा २.५ किलोग्रामकी छोरीलाई जन्म दिएकी थिइन् ।

सुत्केरी भएलगत्तै उनीको अवस्था झन् खराब भएको र पछि निमोनियाबाट ग्रस्त भएपछि उनको मृत्यु भएको थियो ।

यद्यपि उनले जन्म दिएकी नवजातमा कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएको र उनलाई उच्च सतर्कतासाथ निगरानीमा राखिएको युक्रेनी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै