के गर्दै छन् विभागीय टोलीका खेलाडी ? « Khabarhub

के गर्दै छन् विभागीय टोलीका खेलाडी ?


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासले नेपाली खेलकुद झण्डै एक महिनादेखि ठप्प छ । खेल गतिविधि बन्द भए पनि विभागीय टोलीका धेरैजसो खेलाडी भने अहिले फरक भूमिका सक्रिय रहेका छन् ।

उनीहरू महामारीको समयमा जनतालाई सजग गराउने काममा व्यस्त छन् । नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तीनवटै विभागमा खेलाडीहरू छन् ।

यी विभागीय क्लबले नेपाली खेलकुदको विकासमा ठूलो योगदान पु¥याएका छन् । यी विभागीय खेलाडीहरू अहिले देशमा भित्रिएको महामारीमा जनताको सुरक्षाका लागि ड्युटीमा छन् ।

नेपालमा युवादेखि अनुभवीसम्म १२ सयभन्दा बढी खेलाडी तीनवटा विभागीय टोलीमा छन् । जसमध्ये सबैभन्दा धेरै खेलाडी त्रिभुवन आर्मी क्लबमा छन् । आर्मी क्लबमा ६ सयको हारामा छन् भने एपीएफ क्लबमा साढे ४ सयभन्दा बढी र पुलिस क्लबमा २८७ जना खेलाडी छन् ।

अहिले आर्मी क्लबका खेलाडीहरू आआफ्नो युनिटमा रहेको आर्मी क्लबका खेलकुद विभाग प्रमुख जर्नेल शशीकिरण रायमाझीले बताए ।

उनका अनुसार आर्मीमा स्थायी कर्मचारीका रूपमा रहेका सबै खेलाडी आआफ्नो युनिटमा ड्युटीमा छन् । उनीहरूले व्यक्तिगतरूपमा खेल अभ्यास पनि गरिरहेका छन् ।

‘केही खेलाडीहरू ड्युटीमा छन् । सबै खेलाडी आआफ्नो युनिटमा छन् । खेल अभ्यास बन्द छ । उनीहरू युनिटहरूमा सुरक्षित छन्,’ विभाग प्रमुख रायमाझीले भने, ‘व्यक्तिगतरूपमा अभ्यास पनि गरिरहेका छन् ।’

करार सम्झौताका खेलाडी भने घरमै रहेको उनले बताए ।

अर्को विभागय टोली नेपाल पुलिस क्लबका खेलाडीहरू भने ड्युटीमा नरहेको क्लबका खेल व्यवस्थापक भरत शाहले बताए । ‘हाम्रा सबै खेलाडी कार्यालयमै छन् । ड्युटीमा खटाइएको छैन,’ शाहले भने, ‘आवश्यक परेको खण्डमा ड्युटीमा खटाउन सकिन्छ । अहिले खेलाडीलाई नै ड्युटीमा लगाउनु पर्ने अवस्था छैन । केही खेलाडी विदामा घर गएका छन् । बाँकी अफिसतिरै छन् ।’

पुलिस क्लबका खेलाडी व्यक्तिगतरूपमा फिटनेसका लागि आफैँ अभ्यासमा रहेको पनि शाहले बताए ।

विभागीय खेलाडीहरू प्रायः निर्वाचनजस्ता ठूला गतिविधिमा मात्र काममा खटाइन्छन् ।

उता सशस्त्र प्रहरी बलका खेल विभाग व्यवस्थापक विजय केसी क्लबका खेलाडीहरू मुख्यालयमै रहेको बताउँछन् । एपीएफ क्लबका खेलाडीमध्ये ९० जना अहिले ड्युटीमा रहेको उनले बताए ।

‘हाम्रा खेलाडीहरु ८०–९० जना अहिले नियमित ड्युटीमा छन् । अन्यलाई परेको अवस्थामा हाजिर हुनेगरी तयारी बस्न भनेका छौँ,’ केसीले भने, ‘अहिले लकडाउनको अवस्थामा सरकारको नीतिजस्तो आउँछ, त्यही अनुसार संगठनले खटाएको ड्युटीमा गर्नुपर्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ४४ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ