जापानले कोभिड-१९ उपचारमा सहयोग पुग्ने औषधी इच्छुक राष्ट्रलाई निशुल्क दिने  « Khabarhub

जापानले कोभिड-१९ उपचारमा सहयोग पुग्ने औषधी इच्छुक राष्ट्रलाई निशुल्क दिने 


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानले फ्लूका कारण हुने रुघाखोकी र ज्वरोको उपचारमा प्रयोग हुँदै आएको एउटा औषधीको उत्पादन बढाउने घोषणा गरेको छ।

चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको हो।

जापानी कम्पनी फुजीफिल्मले उत्पादन गरेको एभिग्यान नामक औषधीको चिनियाँ शहर वुहानमा परीक्षण गरिएको थियो। त्यही शहरमा कोरोनाभाइरसको प्रकोप पहिलोपटक सुरु भएको थियो।

चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड-१९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएको भनिएको छ।

इच्छुक देशहरूलाई नि:शुल्क वितरण

अहिले टोक्योले एभिग्यानको उत्पादन बढाउने घोषणा गर्दै अर्को वर्षसम्म २० लाख मानिसलाई पुग्ने गरी त्यसको उत्पादन बढाइने बताएको छ।

तर अन्य देशका अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको भन्दै त्यसले गर्भवती महिलामा खराब असर गरेको बताइरहेका छन्।

त्यो औषधीको जापानमा जारी पहिलो परीक्षण जून महिनामा पूरा हुँदैछ।

जापान सरकारले चाहिँ इच्छुक देशहरूलाई त्यो औषधी नि:शुल्क वितरण गर्न सकिने सङ्केत दिएको छ।

औषधी नरोक्न भारतलाई ट्रम्पको आग्रह

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मलेरियाविरुद्ध प्रयोग हुँदै आएको क्लोरोक्वाइन नामक औषधीको रोक्का फुकुवा गरी तिनलाई अमेरिका पठाउन भारत सरकारलाई अनुरोध गरेको बताएका छन्।

ट्रम्पले त्यो औषधी कोभिड-१९ का बिरामीलाई उपयोगी हुनसक्ने दाबी गर्दै आएका छन्। तर त्यो प्रभावकारी भएको वैज्ञानिक प्रमाण अझै जुटिसकेको छैन।

भारतमा क्लोरोक्वाइन निकै धेरै परिमाणमा उत्पादन हुने गरेको छ। तर त्यो आफ्नै देशभित्र आवश्यक पर्न सक्ने भन्दै उसले अहिले त्यो औषधीको निर्यात रोक्का गरेको छ। बीबीसीबाट

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ४१ बजे

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने