के पारस र सोनिकाबीच ‘ब्रेक अप’ भएको हो ? « Khabarhub

के पारस र सोनिकाबीच ‘ब्रेक अप’ भएको हो ?


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही समय यता पूर्व युवराज पारस शाह र युट्युवर सोनिका रोकायाबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ ।

सोनिकासँग नजिक रहेका पूर्व युवराज शाहले ‘ब्रेक अप फाइनल्ली, फ्री एट लास्ट… स्टाटस लेखेपछि उनीहरुबीचको सम्बन्धमा खटपट भएको विषय सामाजिक सञ्जालमा चर्चा भएको हो ।

पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँग सम्बन्ध विच्छेद गरेका हुन् त ? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।

उनको यो स्टाटस लेखेपनि कोसँग ब्रेक अप भएको हो भन्ने खुलाएका छैनन् । सोनिकासँग नजिक भएपछि आलोचना खेप्दै आएका उनको घरपरिवारसँग पनि राम्रो सम्बन्ध छैन ।

लकडाउनको समयमा उनी विन्दास मुडमा पोखरामा समय बिताइरहेका छन् । उनले होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु समेत फेसबुकमार्फत अपडेट गरिरहेका छन् । पटक-पटक फेसबुक लाइभमा समेत जोडिदै आएका छन् ।

फेसबुक लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँदै भन्छन्-  खै त लकडाउन ?

गत शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी गरिएको भिडियो समेत उनले सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।  जहाँ १५ -२० जना युवायुवती खानपानमा मस्त देखिन्छन् । भिडियोमा पारसको आवाज सुनिन्छ- ‘नो कोरोना…’

पत्नी हिमानी शाह लगायत घरपरिवारसँग सम्बन्ध राम्रो नभए पनि पछिल्लो समय सोनिकासँग नजिकिएका कारण उनीसँग नै ब्रेक अप भएको हुन सक्ने सामाजिक सञ्जालमा चर्चा छ ।

उनको अर्को स्टाटस यस्तो छ –

 

यसैबीच शाहले आफूलाई तेस्रो पटक हृदयाघात भएको भन्ने समाचारहरु झुटो भएको बताएका छन् । उनले स्वास्थयमा केही समस्या नभएको बताएका छन् ।

आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे ।

उनले आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ३२ बजे

सुकुम्वासी व्यवस्थापनबारे जानकारी दिन सरकारलाई समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग