प्रहरीमाथि हातपात गरेको आरोपमा रौतहटमा १ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि हातपात गरेको आरोपमा रौतहटमा १ जना पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा रौतहटमा १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका-५ बस्ने ५० वर्षीय राजकिशोर भाट माली छन् ।

घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहार गरेका थिए ।

सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरीमाथि हातपात गरेपछि सोमबार राति नै प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीमाथि हातपात गर्ने अर्का व्यक्ति सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र भगत माली भने फरार भएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरील फरार रहेका भगतको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ३७ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार