पुराना दिन सम्झँदै दयाहाङ राई (तस्वीरहरू) « Khabarhub

पुराना दिन सम्झँदै दयाहाङ राई (तस्वीरहरू)


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनले अभिनेता दयाहाङ राईलाई फुर्सदिलो बनाएको छ । केही वर्षयता उनको व्यस्तता यति बढेको थियो कि, उनले आफूलाई समेत समय दिन पाएका थिएनन् । अहिलेका यी स्टार अभिनेता कुनै बेला सामान्य जीवन बिताउँथे ।

हुन त उनलाई अहिले पनि उस्तै सामान्य भएर हिँडेको देखिन्छ । फरक यत्ति हो, त्यतिबेला उनलाई धेरैले चिन्दैनथे । अहिले कमैले चिन्दैनन् ।

लकडाउनका कारण आफूले पाएको समयमा उनले आफ्नो विगत केलाइरहेका छन् । आफूले आफैलाई चिन्ने र समीक्षा गर्ने मौका पाएको उनी बताउँछन् ।

भाइसँग दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

यो समयमा नयाँ काम भन्दा पनि विगतका काम सम्झेर र परिवारलाई समय दिएर दयाहाङको समय बितिरहेको छ । सामाजिक सञ्जालमा सक्रिय रहने दयाहाङले आजभोलि आफ्ना पुराना दिनहरु स्मरण गर्दै पोस्ट गरिरहेका हुन्छन् ।

केही समयअघि दयाहाङले आफ्नो युवावस्थाको तस्वीर शेयर गर्दै लेखेका थिए – पुग्नु थियो । रातो झोला र लौरो बोकेर थचक्क बसेका दयाहाङ अहिलेभन्दा निकै फरक देखिन्छन् ।

दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

फिल्म र साहित्यमा रुचि राख्ने दयाहाङले रंगमञ्च हुँदै फिल्मी यात्रा थालेका थिए । ‘लूट’ फिल्मले उनलाई रातारात चर्चामा ल्याइदियो । त्यसो त दयाहाङले पहिले पनि केही फिल्ममा सहायक भूमिकामा अभिनय गरेका थिए ।

अभिनयमार्फत दर्शकको मन जितेपछि दयाहाङले ब्याक टु ब्याक फिल्ममा अभिनय गरे । उनले शीर्ष भूमिका निभाएका फिल्मले ‘सेतो सूर्य’ ले विभिन्न महोत्सवमा सहभागिता जनाउने अवसर पाए । ‘सेतो सूर्य’ ले पनि उनको चर्चा थपिदियो ।

बहिनी सुष्मा र भाइ सुमनसँग दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

पछिल्लो समय व्यावसायिक रुपमा हिट फिल्म दिन नसकेका दयाहाङ फिल्ममा छाउन भने छोडेका छैनन् । गतवर्ष मात्र उनले अभिनय गरेका ४ फिल्म रिलिज भएका थिए ।

फिल्मको कामले व्यस्त भएका दयाहाङ यो समयमा फुर्सदिला छन् । फुर्सदको समयमा दयाहाङले आफ्ना पुराना साथी र पुराना दिन सम्झेका छन् ।

साथीहरुसँगको एक तस्वीर शेयर गर्दै दयाहाङले लेखेका छन्, ‘उतिबेलाको एउटा पोज, साथीहरु मणिकुमार राई अनि उत्तरधन राई ।’

दयाहाङले आफूले एसएलसी पढ्दाको तस्विर पनि शेयर गरेका छन् । उक्त तस्वीर उनले अन्नपूर्ण माविको चौरमा एसएलसी दिएपछि खिचेका थिए ।

बाग्लुङ जाँदाको एक तस्वीर शेयर गर्दै दयाहाङ राई लेछन्, ‘यो त्यतिबेलाको फोटो हो, भोजपुर बहुमुखी क्याम्पसबाट भूगोल विषयका लागि भौगोलिक भ्रमण गर्न बाग्लुङ जाँदाको हो, भोजपुरदेखि दुई दिन हिँडेर चतारा पुगेर गाडी चढेर धरान हुँदै गएका थियौं ।’

‘बाटोमा पिखुवा खोला १२ देखि १५ पटक तर्नुपर्थ्यो, त्यसैको तयारीमा साथी विक्रम केसी र म,’ दयाहाङ लेख्छन् ।

दयाहाङ राईले पहिलोपटक अभिनय गरेको नाटक थियो, सिरुमारानी । यो नाटकलाई सरुभक्तले लेखेका थिए भने अनुप बरालले निर्देशन गरेका थिए ।

नाटक ‘सिरुमारानी’ मा अभिनय गर्दै दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

दयाहाङ राईले पहिलोपटक सेलिब्रेटीलाई भेटेका थिए । उनले त्यतिबेला सन्तोष पन्तलाई भेटेका थिए । कुरिनटारको केबलकारको शौचालयअघि खिचेको बताएका छन् ।

हास्यकलाकार सन्तोष पन्तसँग तस्वीर खिचाउँदै दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

दयाहाङले ‘अल्लारे म’ भन्दै आफ्नो युवावस्थाको तस्वीर शेयर गरेका छन् । एक फ्यानले उक्त तस्वीरमा कमेन्ट गरेका छन् – १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ ।

अल्लारे दयाहाङ राई । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

दयाहाङ राईले आफ्नो परिवारसँगको पुरानो तस्वीर पनि शेयर गरेका छन् । उनका परिवारले दयाहाङ राई अभिनेता भन्दा पनि अरु कुनै पेशामा लागोस् भन्ने चाहेको उनले यसअघि अन्तर्वार्तामा बताएका थिए ।

पुरानो तस्वीरमा ~ बाबा – आमा बहीनीहरू र म भन्दै दयाहाङले यो तस्वीर शेयर गरेका छन् । तस्वीर– दयाहाङ राईको इन्स्टाग्रामबाट ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ०८ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका