कोरोना भाइरसको संक्रमणबाट नाइजरका श्रम मन्त्रीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट नाइजरका श्रम मन्त्रीको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियामे– कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको मृत्यु भएको छ ।

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको गत आइतबार निधन भएको जनाएको हो ।

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेको सन्देशहरु प्रसारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा फैलिने स्वभावको रहेको बताएका थिए ।

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् ।

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ ।

नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गरिएको छ । सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ४४ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै